Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कुलेखानी-काठमाडौं सडकमा गाडी दुर्घटना हुँदा ४ जना घाइते

उपचारका लागि काठमाडौं पठाइयो

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते ११:३३
Image of https://mayorsap.com/storage/photos/shares/durghata.jpg

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरा बेसीस्थित कुलेखानी–काठमाडौं सडकखण्डमा शनिबार बिहान एक निजी गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ च ९७७७ नम्बरको गाडी बिहान ६ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, चालक निदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा बाराको कलैया उपमहानगर–२ का एकै परिवारका तीन सदस्य र चालक घाइते भएका छन् ।

घाइते हुनेमा ४० वर्षीया शोभा गुप्ता, ३८ वर्षीय गाडी चालक विजय यादव, ५० वर्षीय गाडी धनी, सन्तोषकुमार गुप्ता र १६ वर्षीय अनमोल गुप्ता रहेका छन् । घाइते सबैलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।


Facebook Comments