Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चितवन-पर्सा कम्प्लेक्समा बाघ गणनाको काम सकियो

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते ११:५८
Image of https://mayorsap.com/storage/photos/shares/tiger_2.jpg

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटै ‘कम्प्लेक्स’ मानेर सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ । 

गत पुस ३ गतेदेखि सुरु भएको यस गणनाका क्रममा प्रयोग गरिएका कुल १ हजार ७८० क्यामेरामध्ये ६० वटा हराएको र २५ वटा बिग्रिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार ९५८ वटा ग्रिडमा विभाजन गरी गरिएको यो गणनामा ८५ वटा क्यामेरा समस्याग्रस्त देखिएका हुन् ।

प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाई १७ रातसम्म क्यामेरा राखेर बाघका गतिविधि कैद गरिएको थियो ।

सन् २०२२ को तथ्यांक अनुसार नेपालमा ३५५ वयस्क बाघ रहेकोमा चितवनमा मात्रै १२८ र पर्सामा ४१ वटा बाघ फेला परेका थिए ।

क्यामेरा हराउने र बिग्रने जस्ता प्राविधिक चुनौतीका बावजुद निकुञ्जले यसपटकको गणना कार्यलाई निर्धारित समयमै पूरा गरेको छ ।


Facebook Comments