Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

दुई समुदायबीचको विवाद उग्र

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते १४:४१
Image of https://mayorsap.com/storage/photos/shares/vavatha-ratahata.jpg

रौतहट । दुई समुदायबीचको विवादले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा आज अपराह्न १ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

गौर नगरपालिका–६, सबगढा गाउँमा शनिबार बिहान पुनः दुई पक्षबीच हिंसात्मक झडप भएपछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले यो कदम चालेको हो ।

प्रशासनका अनुसार गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय क्षेत्रभित्र हिँडडुल गर्न र भेला हुन पूर्ण रोक लगाइएको छ ।

अघिल्लो दिनदेखि सुरु भएको तनावले सवारी साधनमा आगजनी र तोडफोडका घटना बढेपछि थप जनधनको क्षति हुन नदिन कर्फ्यु लगाउनुपरेको प्रशासनले जनाएको छ ।


Facebook Comments