Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचन निष्पक्ष हुनेमा एमालेको आशंका, आयोगको ध्यानाकर्षण

‘रास्वपाले चुनाव भाँड्न खोज्यो’

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते १७:३०
Image of https://mayorsap.com/storage/photos/shares/photo-3-a3910163.jpg

काठमाडौं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले वर्तमान राजनीतिक गतिविधि र शृङ्खलाबद्ध घटनाक्रमले निर्वाचन धाँधलीरहित हुनेमा शंका उब्जाएको बताएका हुन् ।

शाहीले देशका विभिन्न भागमा भइरहेका उच्छृङ्खल गतिविधिले एमालेलाई चिन्तित तुल्याएको उल्लेख गरे। विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कडा प्रहार गर्दै उनले भने, ‘विभिन्न जिल्लामा दलका झण्डा र चुनाव चिह्न जलाउनेदेखि अशान्ति फैलाउनेसम्मका कार्य भइरहेका छन्। यी घटनाले रास्वपाले निर्वाचन भाँड्न खोजेको पुष्टि हुन्छ ।’

एमालेले रास्वपा र काठमाडौँका मेयर बालेन शाहको सहकार्यप्रति पनि कटाक्ष गरेको छ । होलीको अवसर पारेर रास्वपा सभापति रवि लामिछाने र बालेन शाहको तस्बिर अंकित टिसर्ट वितरण गरिएको भन्दै एमालेले यसलाई आचारसंहिता विपरीतको कार्य भनेको छ । 

बढ्दो राजनीतिक मुठभेड र आचारसंहिता उल्लंघनका घटनाले चुनावी वातावरण बिग्रँदै गएको भन्दै एमालेले सुरक्षा र सुशासन कायम गर्न सरकार र आयोगसँग माग गरेको छ ।


Facebook Comments