रास्वपा सचिवालय बैठक आज बस्दै, समानुपातिक उम्मेदवार सिफारिस मुख्य एजेन्डा
मेयरसाप डेस्क
|
२०८२ फागुन ३१ गते ०६:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' को सचिवालय बैठक आज बस्ने भएको छ। शनिबारका लागि तय गरिएको बैठक सारेर आइतबारका लागि राखिएको हो।
पार्टीका प्रवक्ता मनिष झा ले सूचना जारी गर्दै आज बिहान १० बजे बैठक बस्ने जानकारी दिएका छन्। उक्त बैठक सभापति रवि लामिछानेको निर्देशनअनुसार तय गरिएको जनाइएको छ।
प्रवक्ता झाका अनुसार बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवार सिफारिससम्बन्धी एजेन्डामा छलफल हुने बताइएको छ।
Facebook Comments