पार्टीका शीर्ष नेतालाई नै कारबाही गर्ने तयारीमा केपी ओली, को को छन् सूचीमा ?

ओलीको राजीनामा माग्ने पदाधिकारीहरुको तयारी

User Image मेयरसाप डेस्क | २०८३ जेठ ५ गते १३:४२
Image of https://mayorsap.com/storage/photos/shares/kp oli.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुमाथि नै कारबाही गर्ने चर्चा चुलिएको छ । पार्टी पुनर्गठनको पक्षमा आवाज उठाइरहेका नेताहरूमाथि ओलीले कारबाही गर्ने तयारी थालेको बुझिएको हो ।

नेता योगेश भट्टराई, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेललगायत नेतामाथि कारबाही गर्ने तयारी भएको बताइएको छ ।

निर्वाचनअघि देखिनै भट्टराईले सार्वजनिक रूपमै पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै आएका थिए । चुनावपछि भने उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले समेत भित्रभित्रै पार्टी पुनर्गठनको आवाज उठाउन थालेपछि ओलीले उनीहरुमाथि कारबाही गर्ने आशंका बढेको हो ।

सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यविभाजनको प्रस्ताव अघि सारेका थिए । तर, नेताहरूले भने कार्यविभाजनभन्दा पार्टी पुनर्गठनको प्रक्रियालाई प्राथमिकता दिनुपर्ने धारणा राख्ने तयारी गरेको स्रोतले जनाएको छ ।

यता ओलीले असन्तष्ट नेताहरुलाई नै कारबाही गर्ने भएपछि एमाले पार्टी पुनर्गठनको पक्षमा उभिएको समूह भने ओलीको राजीनामा माग्ने तयारीमा छ । एमालेका पदाधिकारीहरु नै ओलीले असन्तुष्ट नेतामाथि कारबाही गर्ने संकेत दिएपछि कसरी प्रतिवाद गर्ने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्। उनीहरूले जेन–जी आन्दोलनपछि पार्टी किन रक्षात्मक अवस्थामा पुग्यो र चुनावमा एमालेले किन लज्जास्पद पराजय भोग्नुप¥यो भन्नेबारे नेतृत्वसँग स्पष्ट जवाफ माग्ने तयारी गरेका छन् । उनीहरुले ओलीलाई सम्मानपूर्वक पार्टी नेतृत्वबाट बिदा लिन आग्रह गर्ने समेत तयारी गरेको बुझिएको छ ।


Facebook Comments