Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

जनकपुरका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने बिद्यालयका मालिकहरूकाे चेतावनी

उपमहानगरपालिकाको निर्णयप्रति असहमति जनाउँदै उनीहरूले उक्त निर्णय सच्याइएन भने जनकपुरका सम्पूर्ण संस्थागत विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका हुन् ।

User Image Mayorsap | २०८१ कार्तिक २७ गते ०१:५०
Image of storage/news/1731376243.jpg

काठमाडौँ 
कार्तिक २७ गते, 
जनकपुरधाम उपमहानगरपालिकाले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूको शुल्क सम्बन्धी नयाँ निर्णय गरेपछि हिसान,प्याब्सन,र एनप्याब्सन धनुषाले आन्दोलनको चेतावनी दिएका छन् । 

 

उपमहानगरपालिकाको निर्णयप्रति असहमति जनाउँदै उनीहरूले उक्त निर्णय सच्याइएन भने जनकपुरका सम्पूर्ण संस्थागत विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका हुन् ।
 

सोमबार आयोजित पत्रकार सम्मेलनमा हिसान धनुषाका अध्यक्ष संजीवकुमार झाले शैक्षिक सत्र ०८१/०८२ को प्रारम्भमा “शिक्षा ऐन २०७४“ अनुसार नामाङ्कन शुल्क,मासिक शुल्क र आन्तरिक परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सकिने सहमतिअनुसार विद्यालयहरूले कार्यान्वयन गरिरहेको बताए। उनले भने, “नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ धनुषाको दबाबमा उपमहानगरपालिकाले ‘छात्रवृत्ति वितरण कार्यविधि २०७४’ अन्तर्गत मात्र रजिष्ट्रेशन र परीक्षा शुल्क लिने निर्णय गरेको छ, जुन अस्वीकार्य छ।”
 

मोडेल क्याम्पसका सञ्चालक विरेंद्र साहले पनि चालु शैक्षिक सत्रका लागि भदौ १३ गतेको निर्णयानुसार नै शुल्क लिन पाउनुपर्नेमा जोड दिएका छन् । उनले उपमहानगरको नयाँ निर्णयलाई अध्ययन र परामर्शपछि आगामी सत्र २०८२/२०८३ देखि मात्र लागू गर्नुपर्ने माग गरेका छन् ।
 

तीनैवटा संगठनले जनकपुरका शैक्षिक संस्थाहरूमाथि नियोजित रूपमा आक्रमण भइरहेको दाबी गर्दै नयाँ निर्णय नसच्याए अनिश्चितकालका लागि विद्यालयहरू बन्द गरेर कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।


Facebook Comments