Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

ह्वात्तै सस्तियो सुनको भाउ, एकैदिन प्रतितोला १५ हजार ९०० रुपैयाँ गिरावट

User Image मेयरसाप डेस्क | २०८१ मंसिर ११ गते ०५:११
Image of storage/news/1732511502.png

काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १५ हजार ९०० रुपैयाँ घटेको छ ।

सरकारले सुनको भन्सार महसुल घटाएसँगै मूल्यमा भारी गिरावट आएको हो । गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुनको भन्सार २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेको छ ।

भन्सार महसुल घटाएसँगै बजार भाउ पनि सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ तोलामा १ लाख ६७ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज एकैदिन १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ ।


Facebook Comments