पुथा उत्तरगंगामा तीन हजार २ सय ६८ मत खस्यो, अझै कम्तीमा ८ हजारले मतदान गर्न बाँकी
२२ वटा मतदान केन्द्रमा ११ हजार एक सय ८० जना मतदाताले मतदान गर्ने क्रम जारी
मेयरसाप डेस्क
|
२०८१ मंसिर १६ गते ०६:३८
रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा भइरहेको उप निर्वाचनमा तीन हजार २ सय ६८ मत खसेको छ ।
बिहान ७ बजे सुरु भएको मतदान मध्याह्न १२ः२० सम्म महिला १ हजार ५ सय ७८ र पुरुष १ हजार ५ सय ९० जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन ।
गाउँपालिकाको १४ वडाका भित्रका १९ मतदान स्थल र २२ वटा मतदान केन्द्रमा ११ हजार एक सय ८० जना मतदाताले मतदान गर्ने क्रम जारी रहेको छ।
यहाँ कांग्रेस–एमालेको तर्फबाट केशकुमारी तुलाचन तथा माओवादी केन्द्रबाट नरपुरा बुढा पुन गाउँपालिका उपाध्यक्ष उम्मेदवारको प्रतिस्पर्धामा छन् । वडा नम्बर - २ को वडाध्यक्षमा जगत् घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
Facebook Comments