Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

पोषणमैत्री स्थानीय शासन कार्यक्रमका लागि प्रशिक्षक तालिम संचालन हुँदै, तालिमका लागि फाराम भर्न आह्वन

प्रशिक्षक प्रशिषण तालिममा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा गएर फाराम भर्न सकिन्छ छ ।

No Author Assigned | २०८१ साउन ७ गते २३:१९
Image of storage/news/1721970280.jpeg

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोषणमैत्री स्थानीय शासनको प्रशिक्षण प्रशिक्षक तालिम संचालन गर्ने भएको छ ।

 

स्थानीय तहमा कार्यान्वयनमा रहेको पोषणमैत्री स्थानीय तह कार्यक्रमलाई प्रभावकारी बनाउन प्रशिक्षक उतपादन गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयले १६ साउनसम्म प्रशिक्षक बन्न चाहनेका लागि फाराम भर्न आह्वानसमेत गरेको छ । स्नातकोत्तर तह उतीर्ण गरेको, सिक्ने र सिकाउने क्षमता भएको, तालिम सहजीकरण सीप भएको, सामाजिक विकास, सामाजिक परिचालनलगायतका क्षेत्रमा काम गरेको अनुभव भएका व्यक्तिले प्रशिक्षक तालिममा सहभागी हुन पाउने भनेको छ ।

 

तालिमपछि पोषणमैत्री कृयाकलापमा सहभागी गराइने छ । ५ वर्षे बहुक्षेत्रिय पोषण योजनाअन्तरगत स्थानीय तहहरुमा हाल यो कार्यक्रम लागु छ । प्रशिक्षक प्रशिषण तालिममा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेवसाइटमा गएर फाराम भर्न सकिन्छ छ । 
 

 


Facebook Comments