मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

नेपालगन्ज उपमहानगरपालिका

राप्ती गाउँपालिका

पठनपाठन

त्रिशूली

भरतपुर महानगरपालिका

स्थानीय तहमा संचालन भईरहेको गरिबसँग विश्वेश्वर कार्यक्रमका सहजकर्ताको जागिर एक वर्षका लागि स्वतः नविकरण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतमा संचालनमा रहेको यो कार्यक्रमले ५८ वर्ष मुनिका सबै सहजकर्ताको करार नविकरण गर्दै मासिक १५ हजार रुपैयाँ तलब दिन स्थानीय तहहरुलाई परिपत्र गरेको छ।

Mayorsap

शुक्र, साउन ११, २०८१ | २३:३४ बजे

३३८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको गरिबसँग विश्वेश्वर कार्यक्रमका सहजकर्ताको जागिर १ वर्षका लागि स्वतः नविकरण भएको छ।

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतमा संचालनमा रहेको यो कार्यक्रमले ५८ वर्ष मुनिका सबै सहजकर्ताको करार नविकरण गर्दै मासिक १५ हजार रुपैयाँ तलब दिन स्थानीय तहहरुलाई परिपत्र गरेको छ। कार्यक्रमको निरन्तरता पाउने कि नपाउने भन्ने दुविधा जारी रहेका बेला मन्त्रालयले बजेट विनियोजन गर्दै सहजकर्ताको जागिर अवधि १ वर्ष थप गरेको हो।

 

जागिर थप भएसँगै यी सहजकर्ताले सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको अधिनमा रहेर काम गर्नुपर्नेछ। यी सहजकर्तालाई पालिकाले थप जिम्मेवारी दिन सक्ने तर त्यसका लागि अतिरिक्त सेवा सुविधा पालिका आफैँले व्यहोर्नुपर्ने मन्त्रालयको परिपत्रमा उल्लेख छ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology