मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

काठमाडौं महानगरपालिका

मालिका गाउँपालिकामा ‘एक घर, एक धारा’

‘एक घर , एक धारा’ आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिए ।

Mayorsap

शुक्र, साउन ११, २०८१ | ०६:२१ बजे

म्याग्दीको मालिका गाउँपालिका–७ बिमको डाडागाउँमा निजी धारासहितको खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ ।

 

नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको ३२ लाख ९७ हजार सात सय ३२ को लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।  ‘एक घर , एक धारा’ आयोजनाबाट ५६ घरपरिवार, एक विद्यालय, एक स्वास्थ्यचौकीमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको वडाध्यक्ष टकलाल पुनले जानकारी दिए । तीन सय ३४ जनसङ्ख्या लाभान्वित भएका छन ।

 

नेवाको १७ लाख ४० हजार आठ सय १३, गाउँपालिकाको छ लाख दुई हजार छ सय ४९ लगानी भएको आयोजना निर्माणका लागि एक लाख ६८ हजार छ सय ९३ नगद सङ्कलन गरेका उपभोक्ताहरुले सात लाख ८५ हजार पाँच सय ७७ बराबरको श्रमदान गरेका उपभोक्ता समितिले जनाएको छ ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology