स्थानीय तहमा उत्पादित घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्छ : उपसभामुख राना
पाल्पाको रामपुरमा नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले घरेलु मदिरा नियमन गर्दा आदिवासी जनजाति समुदायको जीविकोपार्जन र समृद्धिमा मद्दत पुग्ने बताइन्।
No Author Assigned | २०८१ भदौ ६ गते ०८:०१
प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानाले स्थानीय तहमा उत्पादित घरेलु मदिरालाई नियमन गरेर प्रयोगमा ल्याउनुपर्ने सुझाव दिएकी छन्।
पाल्पाको रामपुरमा नेपाल आदिवासी जनजाति महासंघ नगरपालिका समन्वय परिषद्ले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभामुख रानाले घरेलु मदिरा नियमन गर्दा आदिवासी जनजाति समुदायको जीविकोपार्जन र समृद्धिमा मद्दत पुग्ने बताइन्।
रानाले आदिवासी जनजाति समुदायले शिक्षामा जोड दिँदै नेतृत्वमा प्रतिस्पर्धा गर्नुपर्ने र राज्यको संयन्त्रमा जिम्मेवारी निभाउन सक्षम हुनुपर्ने सुझाव पनि दिइन्। उनले राजनीतिक प्रतिस्पर्धामा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र एकीकृत भएर मुलुक, समाज, र समुदायको हितमा अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिइन्।
Facebook Comments