मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

कैलालीका ४ पालिकाका डेढ हजार परिवार बाढीबाट प्रभावित

जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ ।

Mayorsap

बिही, भदौ ६, २०८१ | १४:५९ बजे

कैलालीमा बाढी डुबानका कारण डेढ हजार परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कैलारी गाउँपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका र घोडाघोडी नगरपालिकाको विभिन्न स्थानमा डुबान भएको छ ।

 

मोहना, कटैनी, पथरैया, कान्द्रा, घुरहा लगायतका नदीमा आएको बाढीले करिब पाँच सय घरधुरी डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । डुबानबाट एक हजार सात सयभन्दा बढी परिवार प्रभावित भएको उनले जनाए ।  प्रभावितमध्ये कैलारी गाउँपालिका –५ बन्दरगौढीको पाँच परिवारका १० जनालाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।

 

पानी पर्न नरोकिएकाले नदीमा पानीको बहाव बढ्ने क्रम अझ नरोकिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मोहनाका सहायक नदीसहित कुलरिया, कान्द्रा, घुरहा नदीमा आकस्मिक बाढी र होचो भूभागमा थप डुबानको जोखिम रहेको भन्दै जल तथा मौसमविज्ञान विभाग कार्यालयले उच्च सतर्कता अपनाउन सचेत गरेको छ ।  

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology