मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

टुकुचा खोला

भजनी नगरपालिका

आठबिसकोट नगरपालिका

उपेन्द्र यादव

देवचुली नगरपालिका

रास्कोट नगरपालिकाले योजनाबिना विद्यालयलाई भुक्तानी गर्यो १० लाख

कालीकोटको रास्कोट नगरपालिकाले बिना योजना एक विद्यालयलाई दश लाख रुपियाँ भुक्तानी गरेको पाइएको छ। असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालयलाई उक्त रकम दिइएको पाइएको हो।

Mayorsap

बिही, भदौ ६, २०८१ | ०९:३६ बजे

कालीकोटको रास्कोट नगरपालिकाले बिना योजना एक विद्यालयलाई दश लाख रुपियाँ भुक्तानी गरेको पाइएको छ। असार मसान्तमा रास्कोट नगरपालिका वडा–६ मा रहेको अन्नपूर्ण आधारभूत विद्यालयलाई उक्त रकम दिइएको पाइएको हो।

 

नगरका शिक्षा शाखा प्रमुख खेमराज शाहीले एक जना शिक्षकको तलब भुक्तानी गर्दा एक्सलमा मिस्टेक भएका कारण एक लाखको सट्टा दश लाख भुक्तानी भएको जानकारी दिएका छन्। हाल आर्थिक लेखा परीक्षणको क्रममा सो भुक्तानीको भएको पाइएको हो। विद्यालयले सो रकम अहिलेसम्म फिर्ता नगरेको र आगामी तीन महिनामा दिनुपर्ने अनुदानबाट कटौती गरेर असुल गर्ने निर्णय गरिएको शाहीले बताए ।

 

अन्नपूर्ण विद्यालयका प्रमुख अमरबहादुर शाही नगर प्रमुख धर्मराज शाहीको नातेदार हुन्, जसले यस निर्णयमा संलग्नता रहेको आरोप लागेको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष बल सार्कीले १० लाख नभएर ९ लाख ४२ हजार बढी भुक्तानी आएको स्वीकार गरेका छन्।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology