मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

सूर्यविनायक नगरपालिका १७औँ नगर अधिवेशन

भजनी नगरपालिका

बैजनाथ गाउँपालिका

एम्बुलेन्स

टेम्केमैयुङ गाउँपालिका

जनकपुरधाम उपमहानगरमा वडाध्यक्ष र सचिवसहित तीन जना घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो।

Mayorsap

मंगल, भदौ २५, २०८१ | १०:०९ बजे

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ का वडाध्यक्ष र वडा सचिवसहित तीन जनालाई साढे चार लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको छ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगाल र बर्दिबास कार्यालयको संयुक्त टोलीले वडाध्यक्ष ५७ वर्षीय उपेन्द्र सहनी, वडा सचिव ५२ वर्षीय उपेन्द्र साह र ४५ वर्षीय विजय मण्डललाई घुस रकमसहित पक्राउ गरेको हो।

 

उनीहरुलाई आज दिउँसो वडा कार्यालय परिसरबाट सेवाग्राहीबाट लिएको ४ लाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारका बर्दिबास कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनका अनुसार, वडाध्यक्ष र सचिवले घरबाटो प्रमाणित गर्ने कार्यको लागि उक्त घुस रकम मागेको सूचनाका आधारमा टोलीले उनीहरुलाई रकमसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology