मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

अन्नपूर्ण गाउँपालिकामा घरमा प्रसूति हुनेको संख्या शून्यमा

प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन सुरु गरिएको अभियान सफल भएको र घरमा प्रसूति हुनेको संख्या शून्य बनाइएको पालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताए ।

Mayorsap

बुध, भदौ १९, २०८१ | ०८:४९ बजे

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले घरमा प्रसूति हुनेको संख्या शून्यमा झरेको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै विभिन्न समस्या देखिने गरेकाले पालिकाले स्वास्थ्य संस्थामै प्रसूति गराउने अभियान सुरु गरेको थियो । 

 

प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन सुरु गरिएको अभियान सफल भएको र घरमा प्रसूति हुनेको संख्या शून्य बनाइएको पालिकाका स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले बताए ।

 

सबै गर्भवतीहरूले एक वर्षयता स्वास्थ्य संस्थामा पुगेर दक्ष स्वास्थ्यकर्मीबाटै प्रसूति सेवा लिएको पालिकाको भनाइ छ । 

 

घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन पालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम प्रभावकारी बनेको पालिका उपाध्यक्ष दिवा तिलिजा पुन बताउँछिन् । 

 

यो कार्यक्रम अन्तरगत गर्भवती र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम पिठो र न्यानो कपडा वितरण गर्न गत आर्थिक वर्षमा ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो भने यसपटक १९ लाख पुगेको छ ।

 

तोकिएको मितिमा चार पटक गर्भ परीक्षण गर्दा हरेक पटक एक क्रेट अण्डा र संस्थागत प्रसूति हुनेलाई जनप्रतिनिधि र स्वास्थ्यकर्मी घरमै पुगेर एउटा कुखुराको भाले र आधा लिटर घ्यू दिने गरिएको छ । 

 

सुत्केरी भएपछि पनि ३ पटक सुत्केरी जाँच गर्नेलाई थप एक क्रेट अण्डा, एक किलोग्राम सर्वोत्तम पिठो र बच्चालाई न्यानो कपडा दिने गरिएको छ ।  

 

आठ वडा रहेको अन्नपूर्णको दोवा, दाना र नारच्याङबाहेक भुरुङ–तातोपानी, शिख, घार, हिस्तान र राम्चेका स्वास्थ्य संस्थामा प्रसूति सेवा केन्द्र छन् । वडा नं ५ मा पर्ने पाउद्वारको सामुदायिक स्वास्थ्य एकाइमा पनि प्रसूति केन्द्र सञ्चालनमा छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology