मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

हेटौंडा उपमहानगरले कर समायोजनका लागि बोलायो विशेष नगरसभा

उपमहानगरको कार्यपालिका बैठकले व्यवसायीहरूले उठाएका करसम्बन्धी मागहरूका कारण विशेष नगरसभा आव्हान गर्ने निर्णय गरेको हो।

Mayorsap

बुध, भदौ २६, २०८१ | ११:३१ बजे

हेटौंडा उपमहानगरपालिकाले कर समायोजनका लागि विशेष नगरसभा बोलाएको छ। उपमहानगरको कार्यपालिका बैठकले व्यवसायीहरूले उठाएका करसम्बन्धी मागहरूका कारण विशेष नगरसभा आव्हान गर्ने निर्णय गरेको हो।

 

विशेष नगरसभा बोलाए पनि उपमहानगरपालिकाले कर समायोजनलाई तत्काल ‘अमान्य’ ठहर्याउने संकेत गरेको छ। नवगठित कार्यदलले करको दरमा हेरफेर गर्ने र त्यसका लागि आवश्यक छलफल र अध्ययन गर्ने भएकाले नगरसभा स्थगित हुने बताइएको छ।

 

नगरपालिकाका प्रमुख नाकुमारी लामाले कार्यपालिका सदस्यहरू अनुपस्थित भएपछि यसअघि २० भदौमा बोलाइएको बैठक स्थगित गरेकी थिइन्।

 

व्यवसायीहरूले करको दर फिर्ता गर्न र पुरानै दर कायम गर्न माग गर्दै आएका छन्। यदि माग पूरा नभए पुनः आन्दोलनमा जाने चेतावनी मकवानपुर उद्योग वाणिज्य संघका प्रवक्ता उज्ज्वल चौलागाईले दिएका छन्।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology