६२० स्थानीय तहमा कित्ताकाट खुला, असारसम्म समय थप
सरकारले जग्गा वर्गीकरणका लागि आगामी असारसम्मको समय थप गरेसँगै देशभरका ६२० स्थानीय तहमा कित्ताकाट खुला भएको छ।
No Author Assigned | २०८१ भदौ २६ गते ०७:४१
सरकारले जग्गा वर्गीकरणका लागि आगामी असारसम्मको समय थप गरेसँगै देशभरका ६२० स्थानीय तहमा कित्ताकाट खुला भएको छ। यसअघि निर्धारित समयमा वर्गीकरण नगर्दा ती स्थानीय तहमा कित्ताकाट रोकिएको थियो।
गएको सोमबार मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली, २०८० संसोधन गर्दै जग्गा वर्गीकरणका लागि समय थप गरेको हो। ७५३ स्थानीय तहमध्ये १३३ ले पूर्ण जग्गा वर्गीकरण गरेकाले उनीहरूमा कित्ताकाट रोकिएको थिएन।
यदि आगामी असार मसान्तसम्म पनि वर्गीकरण सम्पन्न नभएमा फेरि कित्ताकाट रोकिने चेतावनी सरकारले दिएको छ।
Facebook Comments