मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

लहान नगरपालिकामा विद्यार्थीहरुको चाहना बुझ्न नगरप्रमुख कार्यक्रम प्रभावकारी

लहान नगरपालिका शिक्षा शाखाले लहान सिटी जेसिसको आयोजनामा विद्यार्थीहरुको चाहना बुझ्न सुरु गरेको नगरप्रमुख कार्यक्रम प्रभावकारी रहेको जनाएको छ।

Mayorsap

बुध, भदौ २६, २०८१ | १४:२९ बजे

लहान नगरपालिका शिक्षा शाखाले लहान सिटी जेसिसको आयोजनामा विद्यार्थीहरुको चाहना बुझ्न सुरु गरेको नगरप्रमुख कार्यक्रम प्रभावकारी रहेको जनाएको छ।

 

नगरप्रमुख महेशप्रसाद चौधरीले कार्यक्रमबाट विद्यार्थीहरुको चाहना बुझेर शैक्षिक सुधारका कार्यक्रम ल्याउन सकिने बताए । उाका अनुसार, बजेटको प्राथमिकतामा शिक्षालाई राखेर गरिएको लगानीको प्रतिफल बुझ्नको लागि यस प्रकारका कार्यक्रम महत्वपूर्ण छन्।

 

लहान नगरपालिका अन्तर्गत ५९ वटा सामुदायिक विद्यालयमध्ये लहान–७ स्थित श्री पशुपति आदर्श माध्यमिक विद्यालय र लहान–१४ मा रहेको श्री बस्तीपुर माध्यमिक विद्यालयका शैक्षिक साख गिर्दैजानु चिन्ताको विषय भएको भन्दै नगरप्रमुख चौधरीले यी विद्यालयहरुको पुरानो विरासत फिर्ता ल्याउन प्रयास भइरहेको विश्वास व्यक्त गरे । 

 

सिराहा जिल्लामा अति सम्पन्न मानिने पशुपति आदर्श माध्यमिक विद्यालयको मासिक आम्दानी लाखभन्दा बढी भए पनि हरहिसाब गञ्जागोल भएको गुनासो आएपछि नगरप्रमुख चौधरीले त्यसलाई सही ट्रयाकमा ल्याउने प्रयास सराहनीय रहेको स्थानीय अभिभावकहरुले बताएका छन्।

 

लहान नगरपालिका शिक्षा शाखाले २०८०/८१ मा ६ करोड र चालु आर्थिक वर्षमा ८ करोड विनियोजन गरेर एक कक्षा एक शिक्षक, एक विद्यालय एक कम्प्युटर ल्याब, पर्खाल निर्माण, र शिक्षकहरुलाई प्रेरित गर्न शैक्षिक भ्रमणजस्ता कार्यक्रम सञ्चालन गरेको छ।

 

श्री जनता माध्यमिक विद्यालय सोनमती मझौराका प्रधानाध्यापक अरिवन्द दासले विद्यार्थीहरुसँग नगरप्रमुख कार्यक्रमको क्रममा उठेका समस्याहरु नगरप्रमुख चौधरीले टिपोट गरी समाधान गर्ने प्रतिबद्धता देखाएको उल्लेख गरे।

 

लहान सिटी जेसिसका अध्यक्ष उमेशकुमार यादवले विद्यालयका शैक्षिक सुधारका लागि यो कार्यक्रम १६ वटै माध्यमिक विद्यालयमा सञ्चालन गर्दै कक्षा ९ र १० का विद्यार्थीहरुलाई कुलतबाट बचाउन सहयोग गर्ने उद्देश्य रहेको बताए।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology