Ad Image

काठमाडौँ महानगरद्वारा माल श्री धुन प्रवर्द्धनका लागि अर्केस्ट्रा कार्यक्रम सम्पन्न

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726124017.jpg

काठमाडौँ महानगरपालिकाले माल श्री धुनको महत्व र बजाउने समयावधिका विषयमा सर्वसाधारणलाई जानकारी दिन विशेष अर्केस्ट्रा कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रमको उद्देश्य अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु थियो। 

 

यंला महिनाको अष्टमीका दिन स्वयम्भूको धर्मचक्र पार्कमा सम्पन्न भएको यस कार्यक्रममा विभिन्न धुन तथा रागहरूको प्रस्तुति गरिएको थियो। महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले अमूर्त सम्पदालाई उजागर गर्ने उद्देश्यले माल श्री धुनको प्रस्तुतिले सांस्कृतिक महत्व थप्ने बताएकी छन । साथै, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले परम्परागत संस्कारलाई पुनःस्थापना गर्ने प्रयासस्वरूप यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए । 

कार्यक्रममा विभिन्न ताल र रागमा आधारित माल श्री धुन, च्व तालमा कालिका जग बोलको र हाइ रे ज्यापुनी तता बोलको धुन, अस्तरा तालको खिं द्यःल्यायेगु, छुंमा, मालश्री ग्वारासहित मौलिक धुनहरू प्रस्तुत गरिएको थियो। खिं, पोंगा, ता, झ्याली, वय्, पछिमा मादललगायतका परम्परागत वाद्ययन्त्रहरूको प्रयोगले कार्यक्रमलाई थप आकर्षक बनायो।

कार्यक्रम "सांस्कृतिक सहर" अभियानअन्तर्गत सम्पन्न गरिएको हो।