काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्वको प्रारम्भ (तस्विरसहित)
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा नेवार समुदायले धूमधामसाथ यो पर्व मनाइरहेका छन्।
Mayorsap
आइत, भदौ ३०, २०८१ | १५:२० बजे
काठमाडौं उपत्यकामा आजदेखि मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकामा नेवार समुदायले धूमधामसाथ यो पर्व मनाइरहेका छन्।
इन्द्रजात्रा पर्व वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने प्राचीन परम्परा हो, जसलाई नेवार समुदायमा 'यँया पुन्ही' पनि भनिन्छ। काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रध्वजा सहित लिङ्गो ठड्याएसँगै जात्राको शुभारम्भ भएको छ। ललितपुरमा गणेश, भैरव, र कुमारीको रथयात्रा लगायतका पूजा, नाचगान गरी आठ दिनसम्म मनाइनेछ।
भक्तपुरमा पनि 'यँया पुन्ही' पर्वको थालनी भएको छ, जहाँ गणेश र भैरवको जात्रा सहित आठ दिनसम्म विविध धार्मिक र सांस्कृतिक कार्यक्रम हुनेछन्।
तस्विरहरु
नोट : सबै तस्विरहरु गोर्खापत्रबाट लिइएको हो ।