Ad Image

वीरेन्द्रनगर नगरपालिकाको सडक मर्मत माग्दै विद्यार्थी आन्दोलनमा

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726395893.jpg

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अन्तर्गतको सडक मर्मतको माग गर्दै जन नमूना माध्यमिक विद्यालय र भैरव माध्यमिक विद्यालयका विद्यार्थीहरूले आन्दोलन गरेका छन्। 

 

दुई वर्षदेखि गणेशचोकदेखि भैरवस्थान हुँदै ढोडेखाली जोड्ने सडकमा खाल्डाखुल्डी भएर दुर्घटनाको जोखिम बढेको भन्दै विद्यार्थीहरूले भैरव माध्यमिक विद्यालय अगाडि दुईतर्फी सडक अवरुद्ध गरेका हुन्।

 

विद्यार्थीहरूले सडकको खाल्डाखुल्डीले हिलो छ्यापिनु र बारम्बार दुर्घटनामा पर्नुपर्ने अवस्था आएकोले चक्काजाम गरेको बताएका छन्। जन नमूना माविका विद्यार्थी नारायण नेपालले नगरप्रमुखलाई बारम्बार अनुरोध गरे पनि कुनै प्रगति नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए।

 

विद्यार्थी विपना खनालले मुख्यमन्त्री यामलाल कँडेल वा नगरप्रमुख मोहनमाया ढकालले लिखित सहमति नगरेसम्म आन्दोलन नरोकिने जनाउँदै, सडक निर्माणका लागि ठोस प्रतिबद्धता आवश्यक भएको बताइन्।

 

नगरप्रमुख ढकालले बर्खायाममा पानी परिरहेकोले सडक मर्मतमा ढिलाइ भएको स्वीकार गर्दै अब चाँडै मर्मत गर्ने योजना रहेको जानकारी दिएकी छन्।