मंसिर १६ मा स्थानीय तहको उपनिर्वाचनको गर्न निर्वाचन आयोगको परामर्श, यी हुन उपनिर्वाचन हुनुपर्ने स्थानीय तह
आइतबार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपनिर्वाचनको मिति सुझाएका हुन्।
No Author Assigned | २०८१ भदौ ३० गते ११:३८
निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई परामर्श दिएको छ।
आइतबार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, र गृहमन्त्री रमेश लेखकलाई भेटेर उपनिर्वाचनको मिति सुझाएका हुन्। आयोगका अनुसार, उपनिर्वाचनका लागि तीन पालिका प्रमुखसहित ३९ पद रिक्त छन्।
काठमाडौंको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामनाथ र दैलेखको महाबु गाउँपालिकाको प्रमुख पद खाली छ भने दोलखाको गौरीशंकर, कालीकोटको नलगाड, र डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाको उपप्रमुख पद पनि रिक्त छन्।
रुकुम पूर्वको पुथा गाउँपालिकाकी उपप्रमुख भुपेन्द्र बुढाको हालैको सवारी दुर्घटनामा निधन भएसँगै उक्त पद पनि रिक्त भएको छ, र त्यहाँ पनि मंसिर १६ मा उपनिर्वाचन हुन सक्ने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन्।
मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेमा २६ कात्तिकमा अन्तिम मतदाता नामावली प्रकाशित गर्ने आयोगको तयारी छ।
यी हुन उपनिर्वाचन हुनुपर्ने स्थानीय तह

Facebook Comments