Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

राप्ती–सोनारी गाउँपालिकाका वडाध्यक्षसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा थुनामा राख्ने आदेश

आइतबार न्यायाधीश दीपक घिमिरेको एकल इजलासले वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीसहित घटनामा संलग्न सन्दीप ओली, रत्न भण्डारी, लोकबहादुर डाँगी, र सन्तोष गुप्तालाई पनि पुर्पक्ष थुनामा पठाउने निर्णय गरेको जिल्ला अदालत बाँकेका सूचना अधिकारी सुरेश मल्लले बताए ।

No Author Assigned | २०८१ भदौ ३० गते ०५:५१
Image of storage/news/1726465864.jpg

बाँके जिल्ला अदालतले राप्ती–सोनारी गाउँपालिका–२ का वडाध्यक्ष ज्ञानेन्द्रराज वलीसहित १० जनालाई ज्यान मार्ने उद्योग मुद्दामा पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। आइतबार जिल्ला न्यायाधीश दीपक घिमिरेको इजलासले वलीसहित पाँच जना पक्राउ परेका व्यक्तिहरूलाई थुनामा राख्न आदेश जारी गरेको हो। 

 

आइतबार न्यायाधीश दीपक घिमिरेको एकल इजलासले वडाध्यक्ष ज्ञानेन्द्रराज ओलीसहित घटनामा संलग्न सन्दीप ओली, रत्न भण्डारी, लोकबहादुर डाँगी, र सन्तोष गुप्तालाई पनि पुर्पक्ष थुनामा पठाउने निर्णय गरेको जिल्ला अदालत बाँकेका सूचना अधिकारी सुरेश मल्लले बताए ।  वडाध्यक्ष वली, विशाल बस्नेत, चुडामणी वली, लोकबहादुर डाँगी, र रत्नबहादुर भण्डारीविरुद्ध मुद्दा दर्ता भएको छ। 
 

 

भदौ १ गते साँझ राप्ती सोनारी गाउँपालिका–५ बिनौना चोकमा २८ वर्षीय सन्दीप विष्ट र सुलभ मल्लमाथि खुकुरी र खुँडा प्रहार भएको थियो।  दुवै घाइतेको लखनउमा उपचार भइरहेको छ। यस घटनामा नौ जना आरोपीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। घाइते सन्दीप विष्टकी श्रीमती चेतना पुरी विष्टले वडाध्यक्ष ओलीसहित नौ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेकी थिइन्।


वडाध्यक्ष ओली नेकपा एमालेबाट निर्वाचित भएका थिए र युवा संघ बाँकेका अध्यक्ष हुन्।  वडाध्यक्ष वलीलाई खुकुरी प्रहारको आरोपमा प्रहरीले भदौ २ मा नै पक्राउ गरेको थियो। 


Facebook Comments