मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

लहान नगरपालिकाको खुटी नहर सञ्चालनमा ल्याउन किसानको माग

लहान नगरपालिकामा रहेको खुटी नहर सञ्चालनमा नआएपछि किसानहरूले तत्काल नहरलाई सञ्चालन गर्न माग गरेका छन्।

Mayorsap

सोम, भदौ ३१, २०८१ | १२:३८ बजे

लहान नगरपालिकामा रहेको खुटी नहर सञ्चालनमा नआएपछि किसानहरूले तत्काल नहरलाई सञ्चालन गर्न माग गरेका छन्। 

 

करिब ९ करोड रुपियाँको लागतमा निर्माण सम्पन्न भएको हेडवक्र्सबाट नहरमा पानी जोडेर सिँचाइ थाल्नुपर्ने किसानहरूको भनाइ छ। नहर सञ्चालनले दक्षिणी भेगका १० वटा वडाका हजारौं बिघा खेतमा सिँचाइ सहज हुने अपेक्षा गरिएको छ।

 

लहान नगरपालिकाले सहरी क्षेत्रको फोहोर निकासीका लागि छोपिएको ड्रेन बनाउन ६ करोड रुपियाँमा टेन्डर गरेको निर्णयपछि किसानहरू आक्रोशित बनेका छन्। उनीहरूले नहर मर्मत गर्न २ करोड खर्च भएमा नहर सञ्चालन गर्न सकिने बताएर नगरपालिकालाई त्यसमा ध्यान दिन आग्रह गरेका छन्।

 

शनिबार लहानका किसानहरूले भेला भएर १०५ सदस्यीय संघर्ष समिति गठन गरेका छन् र नहरलाई ड्रेन बनाउने योजनाको विरोध गर्दै आन्दोलन चर्काउने चेतावनी दिएका छन्।

 

यता, नगरप्रमुख महेशप्रसाद चौधरीले भने किसानहरूको सिँचाइ समस्या समाधानका लागि नगरपालिका प्रयासरत रहेको र सहरी क्षेत्रको सौन्दर्यीकरणका लागि ड्रेन निर्माण गर्न आवश्यक भएको बताएका छन्।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology