मेयरसाप

केपी ओली

भरतपुर महानगरपालिका

राजनीति

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

लुम्बिनी विकास कोष

श्री राष्ट्रिय माध्यमिक विद्यालय

निर्माण

डाक्नेश्वरी नगरपालिका

खजुरा गाउँपालिका

यशोधरा गाउँपालिकामा नक्कली नोटसहित तीन जना पक्राउ

पक्राउ परेकाहरूमा यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित आनन्द मदिरा पसलका सञ्चालक ५८ वर्षीय मनोज कुमार चौधरी, यशोधरा-४ परसोहियाका ३८ वर्षीय मयाराम गुप्ता र उनकी ३६ वर्षीया श्रीमती उर्मिला गुप्ता रहेका छन्।

Mayorsap

सोम, भदौ ३१, २०८१ | १०:५५ बजे

कपिलवस्तु, असोज २६।  कपिलवस्तुको यशोधरा गाउँपालिका-७ मर्यादपुर र वडा नं. ४ परसोहियाबाट नक्कली नेपाली नोटसहित तीन जनालाई पक्राउ गरिएको छ। 

 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरि बहादुर वलीका अनुसार, ८ हजार रूपैयाँ बराबरको नक्कली नोटसहित तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमा यशोधरा गाउँपालिका-७ मर्यादपुरस्थित आनन्द मदिरा पसलका सञ्चालक ५८ वर्षीय मनोज कुमार चौधरी, यशोधरा-४ परसोहियाका ३८ वर्षीय मयाराम गुप्ता र उनकी ३६ वर्षीया श्रीमती उर्मिला गुप्ता रहेका छन्।

 

 प्रहरीको भनाइअनुसार, मर्यादपुरबाट नक्कली पाँच सय दरका ८ थान र परसोहियाबाट नक्कली पाँच सय दरका ८ थान गरी कुल १६ वटा नक्कली नोट फेला परेको छ। तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology