मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

सूर्योदय नगरपालिकाको चिया बगान श्रीलङ्काका राजदूतद्वारा अवलोकन

इलामको सूर्योदय नगरपालिकामा नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाले अन्तु र कन्याम क्षेत्रका चिया बगानहरूको अवलोकन गरेका छन ।

Mayorsap

मंगल, असोज १, २०८१ | १३:०३ बजे

इलाम। इलामको सूर्योदय नगरपालिकामा नेपालका लागि श्रीलङ्काका राजदूत सुदर्शन पाथिरनाले अन्तु र कन्याम क्षेत्रका चिया बगानहरूको अवलोकन गरेका छन ।

 

नगरप्रमुख रणबहादुर राईको समन्वयमा राजदूत पाथिरना तीन दिनसम्म सूर्योदय टी प्रोड्युसर्स एसोसिएसनद्वारा आयोजित कार्यक्रमहरूमा सहभागी भएका हुन। विशेष गरी श्रीलङ्काको चिया निर्यातको अनुभव र इलामको चियालाई विश्व बजारमा पुर्याउनका लागि राजदूतलाई नगरमा निम्त्याइएको थियो। भारतमा चिया निर्यातको समस्या देखिन थालेपछि इलामका व्यवसायीले वैकल्पिक उपायको खोजीमा श्रीलङ्कासँग समन्वय गरेका हुन्।

 

सूर्योदय नगरप्रमुख राईले इलामको चियालाई विश्व बजारमा लैजानका लागि राजदूतसँग सकारात्मक छलफल भएको जानकारी दिए । उनका अनुसार राजदूत पाथिरनाले नेपाली चिया श्रीलङ्काको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पुर्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन । यस अवसरमा राजदूतले कन्याममा सञ्चालन हुन लागेको नेपालकै एकमात्र चिया टेस्टिङ सेन्टरको समेत अवलोकन गरेका छन । 


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology