मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

मर्स्याङ्दी गाउँपालिका स्वास्थ्य क्षेत्रमा प्रथम

लमजुङ जिल्लाका आठ स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिकाले स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा पहिलो स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यालय लमजुङले स्वास्थ्यसम्बन्धी विभिन्न सूचकहरूको मूल्यांकनमा मर्स्याङ्दी गाउँपालिकालाई पहिलो घोषणा गरेको हो।

Mayorsap

मंगल, असोज १, २०८१ | १३:१० बजे

लमजुङ। लमजुङ जिल्लाका आठ स्थानीय तहमध्ये मर्स्याङ्दी गाउँपालिकाले स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा पहिलो स्थान हासिल गरेको छ। स्वास्थ्य कार्यालय लमजुङले स्वास्थ्यसम्बन्धी विभिन्न सूचकहरूको मूल्यांकनमा मर्स्याङ्दी गाउँपालिकालाई पहिलो घोषणा गरेको हो।

 

आर्थिक वर्ष २०८०/८१ को स्वास्थ्य गतिविधिका मुख्य सूचकहरूमा ८४.८ अंक ल्याएर मर्स्याङ्दी पहिलो स्थानमा आएको हो। मध्य नेपाल नगरपालिकाले ८४।१ अंकसहित दोस्रो स्थान हासिल गर्दा सुन्दरबजार नगरपालिकाले ७८.९ अंकसहित तेस्रो स्थानमा रह्यो।

 

पहिलो, दोस्रो, र तेस्रो स्थान हासिल गर्ने स्थानीय तहहरूलाई सम्मानपत्र र ट्रफी प्रदान गरिएको छ। यसअघि मध्य नेपाल नगरपालिकाले दुई आर्थिक वर्षसम्म पहिलो स्थान प्राप्त गरेको थियो।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology