मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

कैलारी गाउँपालिकाले गर्यो अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविकालाई नगदसहित बिदाइ

गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा अवकाश लिएका सातजना स्वास्थ्यकर्मीलाई एक लाख नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरेको हो।

Mayorsap

मंगल, असोज १, २०८१ | १३:२८ बजे

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले सेवाबाट अवकाशप्राप्त स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगद पुरस्कारसहित बिदाइ गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा अवकाश लिएका सातजना स्वास्थ्यकर्मीलाई एक लाख नगद पुरस्कार र दोसल्ला ओढाएर सम्मानसहित बिदाइ गरेको हो।

 

अवकाश प्राप्त गर्नेमा कैलारी–५ की सुशीलादेवी चौधरी, भोजलदेवी चौधरी, लहियादेवी थारु, कल्टीदेवी चौधरी, लहियादेवी थारु (खरुवाखेरा), सोनियाँदेवी थारु र दुरपति चौधरी रहेका छन्।

 

उनीहरूले तीन दशकसम्म निःस्वार्थ रूपमा गाउँमा सेवा गर्दै आएको भन्दै गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीले नगद र सम्मानसहित बिदाइ गर्नुभएको हो। गाउँपालिकाले नीतिगत निर्णयअनुसार बिना तलब काम गरेका स्वास्थ्य स्वयंसेविकालाई एक लाख रुपियाँ नगद दिने व्यवस्था गरेको बताइएको छ।

 

कैलारी गाउँपालिकामा हाल १२५ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology