मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

दन्किदै काठमाडौंका सडकमा आन्दोलनको आगो

यसैविच साेमबार दिउँसो करिब ४:३० बजे तिर अभियन्ता सुमन सायामीको नेतृत्वमा ‘उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूह’ र अन्य विभिन्न आन्दोलनरत समुहले  सामुहिक प्रदर्सन गरेका छन् |

Mayorsap

मंगल, असोज १, २०८१ | १३:३७ बजे

 

२०८० पौषमा सर्वोच्च अदालतले नादीकिनाराको मापदण्ड २० मिटर थप गर्ने निर्णय गरेसंगै काठमाण्डौ लगायत उपत्यकाका विभिन्न क्षेत्रमा जनता सडकमा आन्दोलन रत छन् | 

 

आन्दोलन पक्ष आफुहरुलाई सरकारले सुकुम्बासी बनाउन खोजेको र नदी तथा तटीय क्षेत्रको थप २० मिटर मापदण्ड लागू गर्न नहुने र यसो गरे उपत्यकाका धेरै मानिसहरु घरवार विहिन हुने तर्क गर्छन | उता सरकारको भने यो विषयमा कतै आधिकारिक धारणा व्यक्त गरेको छैन |

 

यसैविच आज दिउँसो करिब ४:३० बजे तिर अभियन्ता सुमन सायामीको नेतृत्वमा ‘उपत्यकाव्यापी सडक विस्तार पिडित संघर्ष समिति तथा खोला मापदण्ड सरोकार समूह’ र अन्य विभिन्न आन्दोलनरत समुहले  सामुहिक प्रदर्सन गरेका छन् | 

 

उक्त आन्दोलनका केहि झलकहरु मेयरसाप डटकमले आफ्नो क्यामेरामा कैद गरेका छौ जुन भिडीयो हामीले यहाँ पस्कने जमर्को गरेका छौं | 

 

आजको यो आन्दोलन संगै आन्दोलनरत समुहले आज कुपण्डोल पुलको मुनि बागमती करिडोरमा  राकेजुलुस समेत गरेको छन् | साथै आज उक्त आन्दोलनरत समुहले उपत्यकामा यहि असोज तिन (३) गते संबिधान दिवसको दिन विहान १० बजे माइतीघर मण्डलामा बृहत जनभेला तथा आन्दोलन गर्ने बताएको छ|  आन्दोलनका माग १२ बुँदे माग सार्वजनिक गरेका छन् |

 

उक्त १२ बुँदे माग सहित आन्दोलनरत “गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको संघर्ष” समितिको आह्वानकर्ताहरु निम्न रहेको जानकारी www.mayorsap.com ले प्राप्त गरेको छ |

 

आह्वानकर्ता:

१. गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति 

२. राष्ट्रिय मुक्ति क्रान्ति, काठमाडौं उपत्यका (स्वानिग) विशेष ब्युरो 

३. पहिचानवादी मोर्चा 

४. उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति 

५. दलितको लागि दलित अभियान 

६. भ्रस्टाचार विरुद्ध अभियान 

७. यल: नेवा समाज 

८. सेभ नेवा: भ्याली 

९. सहकारी पीडित संघर्ष समिति 


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology