मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

पालुङटार नगरपालिका–९मा विद्यार्थीहरू ‘पढ्दै कमाउँदै’

गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै’ अवधारणाअन्तर्गत कपाल काट्न थालेका छन्। भदौ १ गतेदेखि हरेक शुक्रबार र शनिबार उनीहरूले सीपको प्रयोग गर्दै विद्यालयमा कपाल काट्ने सेवा प्रदान गरिरहेका छन्।

Mayorsap

मंगल, असोज १, २०८१ | १५:१३ बजे

गोरखा। गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरूले ‘पढ्दै कमाउँदै’ अवधारणाअन्तर्गत कपाल काट्न थालेका छन्। भदौ १ गतेदेखि हरेक शुक्रबार र शनिबार उनीहरूले सीपको प्रयोग गर्दै विद्यालयमा कपाल काट्ने सेवा प्रदान गरिरहेका छन्।

 

विमला बिनिस्मा पन्त फाउण्डेशनको ‘फ्राईडे फियुचर’ कार्यक्रममार्फत विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन सीप विकासको प्रशिक्षण प्रदान गरिएको थियो। फाउण्डेशनले आर्थिक अवस्था कमजोर विद्यार्थीहरूलाई सहयोग गर्दै एक लाख रुपैयाँ उपलब्ध गराएको छ, जसबाट कपाल काट्ने टष्ट्र घर र आवश्यक उपकरण खरिद गरिएको छ।

 

विद्यालयले कक्षा १२ का विवेक सेडाईलाई पहिलो चरणमा छनोट गरेको छ, जससँगै चार जना विद्यार्थीहरूले कपाल काट्ने काममा संलग्नता जनाएका छन्। कपाल काट्नको लागि प्रति व्यक्ति ६० रुपैयाँ तोकिएको छ, जसमध्ये १० रुपैयाँ मर्मत कोष र १० रुपैयाँ विद्यालयको कोषमा जानेछ। बाँकी रकम कपाल काट्ने विद्यार्थीलाई उपलब्ध हुनेछ।

 

प्रधानाध्यापक गणेशराज सेडाईका अनुसार, विद्यार्थी, अभिभावक, र शिक्षकहरूले विद्यालयमै कपाल काट्न थालेका छन्, र यो सेवा लोकप्रिय बन्दै गएको छ। व्यावहारिक ज्ञानको महत्त्वलाई ध्यानमा राख्दै, विद्यालयले व्यावसायिक र जिविकाउपयोगी सीप प्रदान गर्न फाउण्डेशनसँग सहकार्य गरेको छ, जसले विद्यार्थीहरूलाई भविष्यमा आर्थिक उपार्जनका लागि सक्षम बनाउनेछ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology