मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

स्याङ्जामा 'एक पालिका एक हुलाक' नीति लागू

बिरुवा गाउँपालिका–१, बिरुवा बजारमा मङ्गलबार पालिका हुलाक कार्यालयको उद्घाटनसँगै स्याङ्जाका सबै ११ पालिकामा हुलाक कार्यालयको स्थापना सम्पन्न भएको हो।

Mayorsap

मंगल, असोज १, २०८१ | १५:५० बजे

स्याङ्जा । सरकारले हुलाकको पुनः संरचना गर्ने नीतिअनुसार स्याङ्जा जिल्लामा 'एक पालिका एक हुलाक' नीति लागू गर्दै हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ। 

 

बिरुवा गाउँपालिका–१, बिरुवा बजारमा मङ्गलबार पालिका हुलाक कार्यालयको उद्घाटनसँगै स्याङ्जाका सबै ११ पालिकामा हुलाक कार्यालयको स्थापना सम्पन्न भएको हो। जिल्लामा यसअघि रहेका १२ इलाका हुलाक कार्यालयमध्ये तीन वटा हटाईएको छ भने बिरुवा गाउँपालिकामा नयाँ कार्यालय थप गरिएको छ। हटाइएका कार्यालयहरूमा पुलतीबजार नगरपालिकाको कोल्मा, आँधीखोला गाउँपालिकाको पञ्चमुल, र हरिनास गाउँपालिकाको क्याक्मी हुलाक कार्यालय रहेका छन्।

 

जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले बिरुवा गाउँपालिकामा नयाँ कार्यालय स्थापना भएपछि अब सबै पालिकामा हुलाक सेवा उपलब्ध भएको बताए।

 

हाल स्याङ्जामा ११ पालिका स्तरका कार्यालयहरू रहेको र अन्य ४२ वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा रहेका छन्। यी अतिरिक्त हुलाक कार्यालयहरूमा ८९ कर्मचारी कार्यरत छन्, तर केन्द्र सरकारले उमेरका आधारमा कर्मचारी सेवा समाप्ति नीति अनुसार ५८ वर्ष उमेर पुगेका कर्मचारी निवृत्त भएपछि कार्यालयहरू क्रमशः खारेज गरिँदै जाने जानकारी पनि प्राप्त भएको छ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology