Ad Image

स्थानीय तहको उपनिर्वाचनको तयारी: निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726574763.jpg

काठमाडौँ ।  निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तोकिएको स्थानीय तहको उपनिर्वाचनको कारणले मतदाता नामावली संकलन स्थगित गरेको छ। आयोगले आइतबार मन्त्रिपरिषद्को बैठकपछि यो निर्णय लिएको हो। 

 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार सोमबारसम्म दर्ता भएका नामावली मात्र उपनिर्वाचनका लागि मान्य हुनेछन् । निर्वाचन आयोगको कानूनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणा भएपछि नयाँ मतदाता नामावली संकलन गर्न पाइँदैन। आयोगले सोमबार बसेको बैठकमा मंगलबारदेखि देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावली संकलन रोक्न परिपत्र गर्ने निर्णय गरेको छ।

 

संकलित नामावली प्रकाशित गरेपछि त्यसमा दाबी विरोधको प्रक्रिया अघि बढाइनेछ, र अन्तिम नामावली मात्र उपनिर्वाचनमा मान्य हुनेछ। आगामी मंसिर १६ गते ३ स्थानीय तहका प्रमुख तथा अध्यक्षसहित ४१ स्थानमा उपनिर्वाचन हुने तय गरिएको छ।