मेयरसाप

कीर्तिपुर नगरपालिका

बजेट

स्थानीय तह

भरतपुर महानगरपालिका

बालेन शाह

सुनिता डंगोल

धनुषाधाम नगरपालिका

बराहक्षेत्र नगरपालिका

मेलौली नगरपालिका

एम्बुलेन्स

घरपझोङ गाउँपालिका

मेयर बालेनले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको अनेरास्वयुका अध्यक्ष बडालको आरोप

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन्।

Mayorsap

बुध, असोज २, २०८१ | ०७:१४ बजे

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वयु) का अध्यक्ष समिक बडालले काठमाडौं महानगरका मेयर बालेन्द्र साहले १ करोड ३० लाख रुपैयाँ घोटाला गरेको आरोप लगाएका छन्।

 

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बडालले १ करोड ३० लाख रुपैयाँ साहले घोटाला गरेको बताएका हुन्। उनले महानगरले सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ साइबर ग्रुपलाई दिएको आरोप लगाएका छन्।

 

उनले लेखेका छन्, 'नगर सभाले स्वीकृत नगरीकन तपाईँले महानगरबासीको ट्याक्स मनीबाट सिप मेला भनेर १ करोड ३० लाख रुपैयाँ झ्वाम पार्नु भयो। यो कार्यक्रम महानगरको आर्थिक वर्ष २०८०र८१ को बजेट वक्तव्यमा छैन। कमनपा वित्त विभागको भुक्तानी हेर्दा देखिन्छ– सार्वजनिक खरिद ऐन छल्न तपाईँले आफ्नो सचिवालयका झोले र फेसबुक पेजका बुलीहरुको झुण्डलाई पोस्न १ करोड ३० लाखलाई १०/१० लाखको टुक्रा बनाई कोटेसनका आधारमा भुक्तानी गर्नु भयो।'

 

उनले महानगरले आयोजना गरेको सिप मेलाबाट कति जनाले सिप सिकेर व्यवसाय गरे भनेर पनि प्रश्न गरेका छन्। बडालले त्यसरी व्यवसाय गर्नेहरूको नाम फेसबुकमा लेख्न पनि चुनौती दिएका छन्।

 

अनेरास्वयुका अध्यक्ष बडालको फेसबुक स्ट्याटस 


 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology