मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

नारायणघाट–बुटवल सडक विस्तारमा ठेकेदारको लापरबाहीस् डेंगु सङ्क्रमण तीव्र

सडक विस्तारले छोएका पालिकाहरूमा डेंगु सङ्क्रमण दर उच्च छ। जिल्लाको गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका लगायतका क्षेत्रमा डेंगु तीव्र रूपमा फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

Mayorsap

बुध, असोज २, २०८१ | १२:३५ बजे

नवलपुर । नारायणघाट–बुटवल सडक विस्तारमा चिनियाँ ठेकेदार कम्पनीको लापरबाहीका कारण नवलपुर जिल्लामा डेंगु सङ्क्रमण तीव्र रूपमा बढेको छ। समयमै काम नसकी सडकमा खाल्डाखुल्डी पारेर छाड्दा पानी जमेर डेंगु फैलिएको हो।

 

सडक विस्तारले छोएका पालिकाहरूमा डेंगु सङ्क्रमण दर उच्च छ। जिल्लाको गैंडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका लगायतका क्षेत्रमा डेंगु तीव्र रूपमा फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

 

 मङ्गलबारसम्मको तथ्याङ्कअनुसार जिल्लामा ९९ जना डेंगु सङ्क्रमित भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, देवचुली नगरपालिकामा २४ जना, कावासोती नगरपालिकामा १९जना, गैँडाकोट नगरपालिकामा १८ जना, हुप्सेकोट गाउँपालिकामा १३जना, मध्यविन्दु नगरपालिकामा १२जना, विनयी त्रिवेणीमा ११जना र बुलिङटार गाउँपालिकामा २ जनामा डेंगु देखिएको छ। बौदिकाली गाउँपालिकामा भने अहिलेसम्म डेंगु सङ्क्रमण फेला परेको छैन।

 

स्वास्थ्यकर्मीहरूको अनुसार सडक विस्तारका क्रममा खाल्डाखुल्डीमा पानी जमेपछि त्यहाँ लामखुट्टे फस्टाएको र डेंगु फैलिन मद्दत पुगेको छ। सङ्क्रमण नियन्त्रणका लागि विभिन्न पालिकाहरूले लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानसहित जनचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology