मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

हरिवन नगरपालिकामा बजेट विवाद: वडाअध्यक्षहरूले मेयर र उपमेयरको सवारी साधन नियन्त्रणमा लिए

आइतबार वडाअध्यक्षहरूले मेयर रमेश बुढाथोकी चढ्ने स्कार्पियो र उपमेयर हरिमाया घलान चढ्ने सुमो गाडीको साँचो खोसेर प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालाई बुझाएका छन्।

Mayorsap

बुध, असोज २, २०८१ | १३:४७ बजे

सर्लाही । असार १० मै ल्याउनुपर्ने नगरको बजेट मेयर र वडाअध्यक्षहरूबीचको विवादका कारण आउन नसकेपछि सर्लाहीको हरिवन नगरपालिकामा जनप्रतिनिधिहरूबीच नै आन्दोलन सुरु भएको छ।

 

नेतृत्वले बजेट ल्याउन आनाकानी गरेको भन्दै नगरका सबै वडाध्यक्षहरूले मेयर र उपमेयरको सवारी साधन नियन्त्रणमा लिएका छन्। आइतबार वडाअध्यक्षहरूले मेयर रमेश बुढाथोकी चढ्ने स्कार्पियो र उपमेयर हरिमाया घलान चढ्ने सुमो गाडीको साँचो खोसेर प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटालाई बुझाएका छन्।

 

अधिकृत सापकोटाका अनुसार, वडाहरूका योजनालाई बजेटमा समेट्ने विषयमा विवाद हुँदा बजेट आउन सकेको छैन। यसका कारण मेयर र उपमेयर सवारी साधनबिहीन भएका छन् भने कर्मचारीहरूले तीन महिनादेखि तलब पाएका छैनन्।

 

वडाध्यक्षहरूका अनुसार, नगर प्रमुखले एकलौटी रूपमा अघि बढ्न खोज्दा बजेटमा सहमति जुट्न नसकेको हो। सामाजिक सुरक्षा भत्ता, कर्मचारी तलब, र विकास आयोजनाहरू ठप्प भएका छन्। नगर सभाको उद्घाटन भएको डेढ महिना बितिसक्दा पनि बजेट ल्याउन नसक्दा आर्थिक र विकास कार्य प्रभावित बनेका छन्।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology