मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

तानसेनमा नयाँ बसपार्क निर्माण ढिला हुने, प्राविधिक र समन्वय अभाव कारण

निर्माण व्यवसायी र नगरपालिकाबीचको समन्वय अभाव तथा प्राविधिक समस्याका कारण बसपार्क निर्माण ढिलाइ हुन लागेको हो।

Mayorsap

बुध, असोज २, २०८१ | १४:२५ बजे

तानसेन ।  तानसेनको गौरवपूर्ण योजनाका रूपमा अघि बढेको नयाँ बसपार्क निर्माणको काम समयमै नसकिने भएको छ। निर्माण व्यवसायी र नगरपालिकाबीचको समन्वय अभाव तथा प्राविधिक समस्याका कारण बसपार्क निर्माण ढिलाइ हुन लागेको हो।

 

नयाँ प्रविधिअनुसार निर्माण भइरहेको बसपार्कको डिजाइनमा भइरहने परिवर्तनले निर्माण प्रक्रिया अवरुद्ध भएको छ। १८ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यका साथ २०८० साल वैशाख ७ मा ‘स्वयम्भु–रेड–हमाल प्रालि’सँग ठेक्का सम्झौता भएको थियो। कुल १८ करोड ३२ लाखको लागतमा नगर विकास कोषको ७० प्रतिशत र तानसेन नगरपालिकाको २५ प्रतिशत आन्तरिक स्रोत परिचालन गरी निर्माण कार्य अघि बढाइएको थियो।

 

हालसम्म बसपार्क निर्माणको २५ प्रतिशत मात्र काम सम्पन्न भएको छ, जसमा १५ प्रतिशत भौतिक निर्माण र बाँकी १० प्रतिशत सामग्री भण्डारण भएको इन्जिनियर रामप्रसाद श्रेष्ठले जानकारी दिनुभयो। निर्माण व्यवसायीलाई अहिलेसम्म ३ करोड ९० लाख भुक्तानी भइसकेको छ।

 

बसपार्कको निर्माणमा भएको ढिलाइले थप एक वर्ष समयावधि लम्बिने देखिएको छ। निर्माण व्यवसायीका प्रतिनिधि ऋषिराम लुइटेलले नगरपालिकाबाट पटक–पटक डिजाइन परिवर्तन हुने भएकाले काम समयमै नसकिने बताउनुभयो। बसपार्कको जग्गा भिरालो रहेकाले पर्खाल (रेनफोर्सड अर्थ रिटेनिङ वाल) बनाउने काममा विशेष ध्यान दिइएको छ, जसमा कुल कामको ७० प्रतिशत पर्खाल निर्माणमा केन्द्रित छ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाका अनुसार बसपार्क बनेपछि साना तथा ठूला सवारी साधन पार्किङका लागि विशेष सुविधा, यात्रु सहायता कक्ष, ग्यारेज, र यातायात व्यवसायी कम्पनीका कार्यालयसमेत राख्ने योजना रहेको छ। नयाँ बसपार्कले तानसेनको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology