मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

राष्ट्रिय शिक्षा दिवसमा श्री मावि तुलसीपुर सेन्टरलाई ३ लाख नगदसहित प्रथम पुरस्कार

२०८० सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याइ प्रथम स्थानमा रहेको तुलसीपुर उपमहानगरपालिकाको श्री मावि तुलसीपुर सेन्टरले नगद ३ लाख , काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन मावि दोस्रो स्थानमा रहँदै नगद २ लाख, दाङकै जनकल्याण मावि शान्तिनगरले तेस्रो स्थानमा रहँदै १ लाख नगद पुरस्कार प्राप्त गरेको छ।

Mayorsap

बुध, असोज २, २०८१ | १६:२२ बजे

२०८० सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुलाई शिक्षा मन्त्रालयले सम्मान गरेको छ ।

 

२०८० सालको माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट नतिजा ल्याइ प्रथम स्थानमा रहेको तुलसीपुर उपमहानगरपालिकाको श्री मावि तुलसीपुर सेन्टरले नगद ३ लाख , काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन मावि दोस्रो स्थानमा रहँदै नगद २ लाख, दाङकै जनकल्याण मावि शान्तिनगरले तेस्रो स्थानमा रहँदै १ लाख नगद पुरस्कार प्राप्त गरेको छ।

 


निजी विद्यालयतर्फ काठमाडौंको टोखामा रहेको फलोसेन्ट मावि पहिलो, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएका छन्। उनीहरूले क्रमशः ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार पाएका छन्।

 

पोखरा विश्वविद्यालय अन्तर्गतको श्री स्कुल अफ बिजनेस, कास्कीले विश्वविद्यालय अनुदान आयोगद्वारा साढे २ लाख नगदसहित उत्कृष्ट क्याम्पसको पुरस्कार प्राप्त गरेको छ। ललितपुरको जनभावना क्याम्पसले सामुदायिक क्याम्पसको श्रेणीमा २ लाख नगदसहित उत्कृष्टको पुरस्कार जितेको छ।

 

प्राविधिक शिक्षालयतर्फ, काभ्रे, दाङ, कपिलवस्तु, र काठमाडौंका बहुप्राविधिक शिक्षालयहरू उत्कृष्ट घोषित भई जनही १ लाख नगद पुरस्कार पाएका छन्।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology