स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत
स्वीकृत कार्यतालिका अनुसार असोज ९ मा राजनीतिक दलको दर्ताको सूचना प्रकाशन हुनेछ भने असोज १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न सकिनेछ। असोज २० मा दल दर्ता स्वीकृत गर्ने कार्य तालिका रहेको छ।
No Author Assigned | २०८१ असोज ३ गते ०२:१३
निर्वाचन आयोगले आगामी मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। उपनिर्वाचनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आयोग र यसअन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कामहरूलाई समयवद्ध रूपमा समावेश गरी कार्यतालिका स्वीकृत भएको हो।
स्वीकृत कार्यतालिका अनुसार असोज ९ मा राजनीतिक दलको दर्ताको सूचना प्रकाशन हुनेछ भने असोज १० देखि १६ सम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न सकिनेछ। असोज २० मा दल दर्ता स्वीकृत गर्ने कार्य तालिका रहेको छ।
निर्वाचन सम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी, निर्वाचन सामग्री र जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास जस्ता कार्यक्रमहरू सञ्चालन गरिने योजना छ।
आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार कात्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ र मतदान स्थल निर्धारण गरिनेछ। कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मंसिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने मंसिर १६ मा मतदान हुनेछ।
Facebook Comments