मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

उपनिर्वाचन

विद्यालय

कमला र सहिद नगरपालिकामा जनप्रतिनिधिहरू योजनाबारे सचेत बन्दै, प्रक्रियागत रूपमा योजना छनोटको थालनी

स्थानीय जनप्रतिनिधिहरूले बस्ती तहबाट योजना छनोट गरेर मात्र परिषद्मा पेस गर्नुपर्ने कार्यबारे जानकारी नहुँदा आफ्नै इच्छाअनुसार योजना प्रस्तुत गर्दै आएकोमा अबदेखि प्रक्रियागत रूपमा योजना छनोट गर्न तयार भएका हुन्।

Mayorsap

बिही, असोज ३, २०८१ | १०:५३ बजे

धनुषा। कमला नगरपालिका र सहिद नगरपालिकाका वडा सदस्यहरूले योजनाको छनोट प्रक्रियाबारे अब मात्र बुझ्न थालेका छन्।

 

स्थानीय जनप्रतिनिधिहरूले बस्ती तहबाट योजना छनोट गरेर मात्र परिषद्मा पेस गर्नुपर्ने कार्यबारे जानकारी नहुँदा आफ्नै इच्छाअनुसार योजना प्रस्तुत गर्दै आएकोमा अबदेखि प्रक्रियागत रूपमा योजना छनोट गर्न तयार भएका हुन्। कमला नगरपालिकाको वडा नं. ८ की सदस्य आशादेवी यादवका अनुसार, दुई दिनको तालिमपछि अगामी योजनाको प्राथमिकतामा शिक्षालाई राख्नुपर्ने आवश्यकता महसुस गरिएको छ। यादवले योजना छनोट प्रक्रियाबारे राम्रो ज्ञान हासिल गरेको र अब शिक्षालाई प्राथमिकतामा राखेर योजना अघि बढाइने बताईन।

 

कमला नगरपालिकाको समन्वय तथा आसमान नेपालको आयोजना र प्लान इन्टरनेसनलको सहयोगमा आयोजित तालिममा वडा न। २ का सदस्य जितनारायण यादवले टोलबस्तीमा टोल शिक्षा सुधार समिति गठन गरेर शिक्षामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले, 'जितेर आयौँ तर योजना तर्जुमा गर्नेबारे थाहा थिएन, अब बल्ल बुझ्न थालेका छौँ।' 

 

सहिद नगरपालिकाका जनप्रतिनिधिहरूले पनि तालिममा सहभागी हुँदै आआफ्नो वडामा शिक्षामा सुधार ल्याउन अभिभावकलाई सक्रिय गराउन टोल शिक्षा सुधार समितिहरू गठन गर्ने निर्णय गरेका छन्। तालिममा सहभागी जनप्रतिनिधिहरूले टोलबस्तीबाट योजना छनोट गरी पालिकासम्म पुर्‍याउने प्रक्रियालाई अबदेखि पालना गर्ने र सामुदायिक सहभागिता बढाउने प्रतिवद्धता व्यक्त गरेका छन्।

 

कमला नगरपालिकाका प्रमुख विश्वेश्वर यादवले तालिमले हतारमा योजना बनाउने परिपाटीमा सुधार हुने अपेक्षा व्यक्त गर्दै, जनताको आवश्यकता अनुसार योजना छनोट गरिएमा नागरिकहरूको विकासमा अपनत्व बढ्ने बताए ।

 

यस तालिममा कमला नगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा प्रमुख, र नौ वटै वडाका वडा सदस्य गरी ४० जना सहभागी भएका थिए भने, सहिद नगरपालिकामा पनि समान संख्या रहेको जानकारी गराइएको छ।


तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology