Ad Image

काठमाडौं महानगरपालिकाद्वारा अन्नपूर्ण न्यूरो अस्पताललाई फोहर व्यवस्थापन सुधार गर्न ७ दिनको समय

No Author Assigned | ९ महिना अगाडि
Image of storage/news/1726733614.jpg

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्यूरो अस्पताल, माइतीघरलाई हानिकारक फोहर व्यवस्थापनको वर्तमान अवस्थामा सुधार गर्न ७ दिनको समय दिएको छ। 

 

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागको नेतृत्वमा स्वास्थ्य विभाग र महानगर प्रहरी बलसहितको टोलीले अस्पतालमा फोहर उत्पादन, वर्गीकरण, संकलन, ढुवानी र अन्तिम व्यवस्थापन प्रक्रियाको अनुगमन गरेको थियो। महानगरपालिकाले तेस्रो पटक गरेको अनुगमनमा अस्पतालले फोहर व्यवस्थापन सम्बन्धी कार्ययोजना नबनाएको र फोहर वर्गीकरणमा असमानता रहेको पाइएको छ।

आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, र प्रयोगशालामा फोहरको व्यवस्थापनमा सुधार नदेखिएको भन्दै अनुगमन टोलीले अस्पताललाई ७ दिनभित्र सुधार गर्न निर्देशन दिएको हो। 

अनुगमन टोलीले अस्पताललाई हानीकारक फोहर सामान्य फोहरमा मिसिन रोक्न, संक्रमित फोहर निर्मलीकरणको व्यवस्था सुधार्न र अस्पताल सञ्चालन अनुमति लिँदा पेश गरिएको कागजपत्र पेश गर्न निर्देशन दिएको छ।