रास्कोट नगरपालिकालाई महालेखाको ३५ लाख ७२ हजार असुलउपर निर्देशन
आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदनअनुसार, नगरपालिकाले नियमविपरीत खर्च गरेको यो रकम असुलउपर गर्नुपर्ने जनाइएको छ।
Mayorsap
शुक्र, असोज ४, २०८१ | १४:१२ बजे
कालीकोट । रास्कोट नगरपालिकालाई महालेखा परीक्षकको कार्यालयले ३५ लाख ७२ हजार रुपैयाँ असुलउपर गर्न निर्देशन दिएको छ। आर्थिक वर्ष २०७९/८० को वार्षिक लेखा परीक्षण प्रतिवेदनअनुसार, नगरपालिकाले नियमविपरीत खर्च गरेको यो रकम असुलउपर गर्नुपर्ने जनाइएको छ।
महालेखाले स्वास्थ्य सेवा कार्यालय कालीकोटका जनस्वास्थ्य अधिकृतदेखि विभिन्न पालिकामा कार्यरत स्वास्थ्यकर्मी र नगरपालिकामै कार्यरत कर्मचारीहरूको नामसमेत तोकेको छ। नगरप्रमुख धर्मराज शाहीको आदेशमा सवारीसाधन करमा संकलन भएको १ लाख ८२ हजार रुपैयाँ र अन्य खर्चसमेत तत्काल असुल गर्न भनिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले कर्मचारीहरूको तलबबाट असुलउपर गर्ने र अन्यको हकमा पत्राचार गर्ने तयारी भइरहेको बताए।