मेयरसाप

विद्यालय

पाडा तस्करीमा नेता जालिम मियाँका छोरालाई छुट, तस्करीले स्थानीय कृषक आजित

नेकपा एमालेका नेता जालिम मियाँको कान्छो छोरा जफिर मियाँ र उनका साथी मन्सफ मियाँले पाडेपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) प्रमोद प्रसाद साह र जानकी टोला प्रहरी चौकीका सई भरत सिलवालको मिलोमतोमा खुल्ला नाकाको फाइदा उठाउँदै पाडा तस्करी गरिरहेको स्थानीहरू बताउँछन् ।

Mayorsap

आइत, असोज ६, २०८१ | ०८:०२ बजे

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा रहेको पाडा (रांगा) बजारका लागी गरिने तस्करीले स्थानीय कृषक आजित भएका छन् ।  
 

नेपाल-भारत सिमानाको फाइदा उठाउँदै भारतबाट पाडा तस्करी गर्दा स्थानीयको धानबाली कुल्चेर नष्ट हुने गरेको छ । आइतबार र बिहीबार लाग्ने पाडा बजारका लागी भारतको इनर्वाबाट वडा नम्बर २ को दसौंता, जानकीटोला र लक्ष्मीपुर हुदैँ कृषकले लगाएको धानखेत भएर आउने तस्करीको पाडा (रांगा) ले धानबाली कुल्चेर नष्ट गर्दै जगरनाथपुरस्थित पाडा बजार पु¥याउने गरिन्छ ।


तस्करी गरी ल्याएको पाडा धानबाली खेत भएर ल्याउने गरेकाले हामी मारमा परेको स्थानीय रूपेश यादव बताउँछन् । उनका अनुसार कतिपटक प्रहरीलाई सूचना दियौँ तर एकातिर भन्छौँ आउँदा आउँदै तस्करलाई सूचना पाइहाल्छ तस्करीको पाडा (रांगा) सङ्कलन केन्द्रमा पुगिहाल्छ । 

 

प्रहरीकाे मिलोमतोले गुनासाे गर्दागर्दै आजित भएकाे स्थानीय यादवले गुनासाे पाेखे । नेकपा एमालेका नेता जालिम मियाँको कान्छो छोरा जफिर मियाँ र उनका साथी मन्सफ मियाँले पाडेपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) प्रमोद प्रसाद साह र जानकी टोला प्रहरी चौकीका सई भरत सिलवालको मिलोमतोमा खुल्ला नाकाको फाइदा उठाउँदै पाडा तस्करी गरिरहेको स्थानीहरू बताउँछन् ।

 

तस्करबाट अजित भएका स्थानीयले प्रहरीलाई खबर गर्न साथ पाडा तस्करहरूले खबर पाएर अर्को रुटबाट बजारसम्म पुर्याउने गरेको अर्का स्थानीय गोपीचन्द पटेल बताउँछन् । उनका अनुसार जगरनाथपुरको पाण्डेपुर, गढैया र  बिजवनिया हुँदै शनिवार र बुधबार रातिसम्म आइतबार र विहीबार बजारका लागी चार/चारवटा ट्रकमा लोड हुनेगरि पाडा (रांगा) तस्करी भइरहेको छ ।


एकवटा ट्रकमा ३० वटासम्म पाडा अटाउँछन् एकहप्तामा ४/४ वटा गरी ८ वटा ट्रक लोड भएर यहाँबाट जानेगरेको हप्ता दिन मै दुईसय बढी पाडा जगरनाथपुर वरपर कहाँबाट कसरी उत्पादन भइसक्छ ? नेपाल भेटनरी काउन्सिलमा दर्तावाल प्राइभेट पशु चिकित्सकहरुले भेटनरी स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गरेको छ । हातोहात पैसा लिएर स्वास्थ्य प्रमाणित गरिदिने र प्रहरीले तस्करी गर्न छुट दिएकाले हप्तैपिच्छे तस्करी बढेको स्थानीय गोपीचन्द पटेल बताउँछन् ।  


रात्रिको समयमा पाण्डेपुर र जानकीटोला प्रहरी चौकीको मिलोमतोमा पाडाको तस्करी भइरहेकाले तस्करहरू समात्न हामीलाई समस्या भएको छ । तस्करसँग भिड्नजानु प्रहरीकै मिलोमतो छ, त्यही भएर प्रतिकार गर्न नसकेको स्थानीहरू बताउँछन् ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology