Ad Image

पकरीमा आधारभुत स्वास्थ्य सेवा केन्द्र

User Image Mayorsap | ८ महिना अगाडि
Image of storage/news/1728288835.jpeg

काठमाडौँ 
असोज २१ गते,
सप्तरीको महादेवा गाउँपालिका वडा नम्बर १ पकरीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको एक कार्यक्रम बीच शुभारम्भ भएको छ । गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले ब्यानर पढेर  स्वास्थ्य केन्द्र शुभारम्भ गरेका हुन्  । स्वास्थय सेवा केन्द्रमा गाउँपालिका अध्यक्ष मण्डललाई जनस्वास्थ्य निरीक्षक भोला प्रसाद यादवले ब्लडप्रेसरको जाँच गरी सेवाको सुभारम्भ गरेका थिए । 
गाउँपालिका अध्यक्ष मण्डलले मा.वि विद्यालय नजिक रहेको र जनसंख्याको चाप समेत रहेकोले यस ठाउँमा आफुले आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्न पहल गरेको बताए । यस ठाउँमा रहेको पकरी स्वास्थ्य चौकी आफ्नै जग्गामा निर्माण भएको भवनमा गए पछि जनसंख्या बढी रहेको यस ठाउँमा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गर्नु परेको उनको भनाइ छ । 
महादेवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बृहस्पती रामको अध्यक्षता तथा गा.पा अध्यक्ष मण्डलको प्रमुख आतिथ्य एवम् गाउँपालिका उपाध्यक्ष अर्चना कुमारी यादव र प्रमुख प्रशासकिय अधिकृत राम लखन यादवको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा स्वास्थ्य शाखाका सह संयोजक ललित कुमार यादव,पत्रकार देवराम यादव,स्थानीय उपेन्द्र मण्डल,मा.वि पकरीका प्रधानाध्यापक नागेन्द्र प्रसाद सिंह,वडा अध्यक्ष जयश्वर किशोर दास लगायतले  शुभकामना मनतब्य व्यक्त  गरेका थिए । 
यस केन्द्रबाट खोप,पोषण लगायतका रोगीहरुलाई सेवा प्रदान गर्न तीन जना जनशक्ति साथै आवश्यक औषधी व्यवस्थापन गरिएको आयोजकले जनाएको छ । हाललाई यस आधारभुत स्वास्थ्य सेवा केन्द्रमा जनस्वास्थ्य निरिक्षक भोलाप्रसाद यादव,सिनियर अनमी आदिति देव र का.स.उषा यादवबाट खोप,पोषण,सरुवा रोग,लगायतका सेवा प्रवाह हुने महादेवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामले बताए  ।