मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

फत्तेपुरमा कोसेली घर सञ्चालन

उदघाटनपछि कोसेली घरको निरीक्षण गर्दै मन्त्री लेखीले महिलाहरुले सञ्चालनमा ल्याएको कोसेली घर व्यवस्थापन तथा थप ऊर्जा प्रदान गर्नको लागि मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत बाट २० लाख रुपैयाँ विनियोजन गरेको बताउनु भयो । मन्त्री लेखीले देशमा बढ्दो बेरोजगारी,युवाहरुको विदेश पलायनले समस्या बढिरहेकाले यस कोसेली घरले एक हदसम्म त्यस्ता समस्याको समाधान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नु भयो ।

Mayorsap,विवेक मण्डल

मंगल, असोज २२, २०८१ | १३:०३ बजे

काठमाडौँ 
असोज २२ गते,
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित फत्तेपुर बजारमा कोसेली घर सञ्चालनमा ल्याइएको छ । सप्तकोसी नगरपालिकाका  विभिन्न वडामा उत्पादित सामाग्रीहरुको बजारीकरणमा  सहज बनाउन कोसेली घरको सुरुवात गरिएको हो । 
कोसेली घरको मधेस प्रदेशमा गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले  उदघाटन गरेका छन् ।  उदघाटनपछि कोसेली घरको निरीक्षण गर्दै मन्त्री लेखीले महिलाहरुले सञ्चालनमा ल्याएको कोसेली घर व्यवस्थापन तथा थप ऊर्जा प्रदान गर्नको लागि मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालय अन्तर्गत बाट २० लाख रुपैयाँ विनियोजन गरेको बताए । मन्त्री लेखीले देशमा बढ्दो बेरोजगारी,युवाहरुको विदेश पलायनले समस्या बढिरहेकाले  यस कोसेली घरले एक हदसम्म त्यस्ता समस्याको समाधान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे । 
कार्यक्रममा बोल्दै सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकालले स्थानीय स्तरमा उत्पादन हुने वस्तुमा सबैको पहुँच होस र बजारीकरणलाई सहज बनाउन कोसेली घरको स्थापना गरिएको बताए ।
कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती,सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडा,सशस्त्र सप्तरी प्रमुख ज्ञानमनी पौडेल,सप्तकोसी नगरपालिकाकी नगर उपप्रमुख रिता कुमारी चौधरी लगायतको उपस्थिति रहेको थियो । 
स्थानीय उत्पादनको प्रयोग गरौं लघु उद्यमीलाई टेवा पुर्याउ भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको कोसेली घरमा नगर भित्र रहेका युवा तथा  महिलाहरुले उत्पादन गरेका सामाग्रीहरुको स्टल राखी कोसेली घर सञ्चालनमा ल्याएको विपन्न महिला उत्थान कृषि सहकारी संस्थाकी अध्यक्ष देवी कार्कीले बताइन् ।
नगरका एघार वटै वडामा उत्पादन गरिएका  सामग्रीको बजार  व्यवस्थापन गरिएको कार्कीले बताइन् । कोसेली घर सप्तकोसी नगरपालिका र कोशी पीडित समाजको आर्थिक तथा प्राविधिक सहयोगमा विपन्न महिला उत्थान कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याइएको हो ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology