मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

बाढी पहिरो पीडितलाई हरिहरपुरगढी गाउँपालिकाको राहत

गत असोज ११ र १२ गते आएको बाढीका कारण हरिहरपुरगढी गाउँपालिकाको १,२,३ र ६ नम्बर वडाका गरी एक सय बढी घरपरिवार स्थानीय प्रभावित भएका छन् । उनीहरूमध्ये वडा नम्बर एकका ५० घर परिवारलाई यस अघिनै गाउँपालिकाले राहत दिएको थियो ।

विवेक मण्डल

बुध, असोज २३, २०८१ | १२:५२ बजे

काठमाडौँ 
असोज २३ गते,
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले बाढी पहिरोपीडितहरूलाई राहत वितरण गरेको छ । घरबार बिहिन भएका गाउँपालिकाको वडा नम्बर २,३ र ६ का ५८ घर परिवारलाई पालिकाले राहत वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाका अनुसार बागमती नदीमा आएको बाढीले डुबान गर्दा पीडित भएका वडा नम्बर ३ का ५१ घर परिवार,वडा नम्बर २ का ६ घर परिवार र वडा नम्बर ६ का एक घर परिवार गरि ५८ घर परिवारलाई राहत दिइएको हो । 
‘दशैंको मुखमा खाने अन्नपात,भाँडाकुडा,लत्ताकपडा सबै बाढीले बगाएपछि बिचल्लीमा परेको प्रभावितहरुलाई गाउँपालिकाले दोस्रो चरणमा समेत राहत वितरण गर्ने तयारी गरेको छ । अहिले ५८ परिवारलाई,खाद्यान्न लगायतका राहत सामाग्री वितरण गरिएको हो,’अध्यक्ष वाइवाले भने । गत असोज ११ र १२ गते आएको बाढीका कारण हरिहरपुरगढी गाउँपालिकाको १,२,३ र ६ नम्बर वडाका गरी एक सय बढी घरपरिवार स्थानीय प्रभावित भएका छन् । उनीहरूमध्ये वडा नम्बर एकका ५० घर परिवारलाई यस अघिनै गाउँपालिकाले राहत दिएको थियो । 
यसैगरी हरिहरपुरगढी गाउँपालिकाका पीडितका लागि दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले १ लाख रुपैयाँको चेक र सांसद राजन दाहालले २० हजार हस्तान्तरण गरेका छन् । बाढी पहिरोले पालिकामा ठूलो क्षति पुगेपनि सरकारले संकटग्रस्त गाउँपालिकामा समावेश नगरेको गाउँपालिकाको गुनासो छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology