मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

महावै गाउँपालिकाले विधुर भत्ता दिने

पालिकाका अनुसार अहिलेसम्म १२ जना एकल पुरुष ९ विधुरहरु सम्पर्कमा आएका छन् । ‘वडाले पनि तथ्याङ्क संकलन गरिरहेकाले यो संख्या बढ्नेछ,’उनले भने,‘चालू आर्थिक वर्षको प्रथम चौमासिक भत्ता दसैँ अघिनै दिने तयारीमा छौँ’।

विवेक मण्डल

बुध, असोज २३, २०८१ | १३:०९ बजे

काठमाडौँ 
असोज २३ गते,
कालिकोटको महावै गाउँपालिकाले एकल पुरुषहरूलाई विधुर भत्ता दिने भएको छ । यसका लागि गाउँपालिकाले चालू आर्थिक वर्षका लागि दुई लाख रुपैयाँ छुट्याएको छ ।
गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले विधुर भत्ता दिने प्रयोजनका लागि विवरण संकलन सुरु गरिएको बताए । गाउँपालिकाले ४९ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषहरूलाई विधुर सत्ता दिनेछ । यसका लागि सबै वडाबाट तथ्याङ्क सङ्कलनको काम सुरु गरिएको छ । ‘६० वर्षदेखि वृद्ध भत्ता पाउने भएकाले हामीले ५९ वर्षसम्मका लागि यो व्यवस्था गरेका हौँ,’उनले भने,‘एकल पुरुषलाई मासिक एक हजार रुपैयाँ भत्ता दिइनेछ’। पालिकाका अनुसार अहिलेसम्म १२ जना एकल पुरुष ९ विधुरहरु सम्पर्कमा आएका छन् । ‘वडाले पनि तथ्याङ्क संकलन गरिरहेकाले यो संख्या बढ्नेछ,’उनले भने,‘चालू आर्थिक वर्षको प्रथम चौमासिक भत्ता दसैँ अघिनै दिने तयारीमा छौँ’।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology