मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

स्वास्थ्य क्लिनिक

धरान उपमहानगरपालिका

पहिरो

भरतपुर महानगरपालिका

बाढीले ५० लाख बराबरको केरा नोक्सान

Mayorsap

बुध, असोज २३, २०८१ | १९:०१ बजे

इनरुवा(सुनसरी), २३ असोजः सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गर्नुभएको थियो । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पु¥याएपछि उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो“ आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए । दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ । ” उहाँले भारतको मदरासबाट मदरासी(चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाउनुभएको थियो ।     
     
यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उहाँले बताउनुभयो । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।     
     
बाढीले रु ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् । यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पु¥याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदैआएको छ ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology