मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

सशस्त्र प्रहरीको दुई दिन काठमाडौँमा निःशुल्क बस सेवा

बिहान ६ बजेबाट शुरु भएको निःशुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको थियो । अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको थियो ।

Mayorsap,विवेक मण्डल

आइत, असोज २७, २०८१ | १४:०० बजे

काठमाडौँ 
असोज २७ गते,
बडादसैँको २०८१ को अवसरमा यात्रुहरुको सहजताका लागि सशस्त्र प्रहरी बलले असोज २५ र २६ गते काठमाडौँको रिङरोडमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । 
बिहान ६ बजेबाट शुरु भएको निःशुल्क बस सेवा अन्तर्गत एउटा बस  प्रधान कार्यालयबाट कलंकी, सातदोबाटो, कोटेश्वर, गौशाला, महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको थियो  । अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कलंकी रुटमा सञ्चालन गरिएको थियो । चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकाले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको डिएसपी शैलेन्द्र थापाले बताउनुभयो । बडादसैँको अवसरमा यसअघिका बर्षमा पनि काठमाडौंमा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । 
यसैगरी विगत वर्षहरुजस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देशभरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गेपिङ राखेको छ । विगत करिब १४ बर्षदेखि पिङ राख्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको थापाले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology